हामी परिक्षण प्रसारणमा छौ



कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा सुदर्शन बराल चयन हुनुभएको छ । यसअधि अध्यक्षमा मात्र सहमति जुटेपनि अन्य पदाधिकारीमा सहमति टुंगो नलाग्दा प्रदेश समिति घोषणा भएको थिएन् । 

कपिलवस्तुमा बुधबार सम्पन्न माओवादी केन्द्रको प्रदेश समितिको प्रथम पूर्ण बैठकले कमिटी पूर्णताको निर्णय गरेको हो । बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय समिति सर्वसम्मतिले चयन भएको हो । 

प्रदेश समिति उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्याैपाने र बीरबहादुर खत्री चयन हुनुभएको छ। यस्तै, सचिवमा कृष्ण अधिकारी, सह-सचिवमा अकलबहादुर बम, पार्बति बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन हुनुभएको माओवादी केन्द्रका युवा नेता कृष्ण खड्काले सल्यानन्युजलाई जानकारी दिनुभएको छ ।

नवनिर्वाचित प्रदेश समितिका पदाधिकारीलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेशका इन्चार्ज चक्तपाणी खनाल लगायतले सपथ ग्रहण गराउनुभएको थियोे ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार, ,  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्