हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिकाको वडा नं.-९ ,खोरबारेमा रहेको शिशु जागरण मा.वि.मा नबनिर्मित ४ कोठे भवनको नगर प्रमुख लोकमान बुढाथोकीले बुधबार एक कार्यक्रमका बिच उद्घघाटन गरिएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बुढाथोकीले शिक्षण सिकाई गराउने शिक्षकसँगै अभिभावकको ठुलो भुमिका रहने बताउदै विद्यालयमा भौतिक संरचना बन्नु मात्रै ठुलो कुरा नभएको र उक्त संरचनाभित्रको शिक्षा कस्तो छ ? भन्ने कुराले महत्त्वपूर्ण भुमिका राख्ने बताउनुभयो । सोचेजस्तो विकास गर्न नसके पनि बुढाथोकीले आफ्नो ५ वर्षको कार्यकालमा बजेटले भ्याउने जति विकासका काम सबै वडामा समानुपातिक तरिकाले विनियोजित गरेर नै काम गरेको दाबी गर्नुभयो ।

विशिष्ट अतिथि बागचौर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष मोहन चन्दले विद्यालयमा पहिले भन्दा थप नयाँ संरचना बन्नु भनेको संघिय व्यवस्थाको उपलब्धि र उपज भएको तर यसलाई व्यवस्थित गर्नमा विद्यालय परिवार तथा अभिभावकहरुको ठुलो हात हुने बताउनुभयो।

कार्यममा बागचौर नगरपालिका वडा नं.-९,का वडा सदस्य प्रेम वली, लेखराज डाँगी बागचौर नगर शिक्षा शाखा प्रतिनिधि विरेन्द्र प्रकाश डि.सी., विभिन्न राजनीति दलका प्रतिनिधि, ९ नं. का विभिन्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक प्रतिनिधि, पत्रकार, अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समित अध्यक्ष अध्यक्ष तथा सामाजबादी पार्टीका केन्द्रिय सदस्य लोक बहादुर डाँगीको अध्यक्षता र लेखापाल कृष्ण प्रकाश वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानध्यापक रुपलाल भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार, ,  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्