सल्यान । सल्यानको दार्मा गाउँपालिकामा सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । दार्मा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
दार्मा गाउँपालिका-३,स्थित जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका ६ वटा विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएको आयोजकले जनाएको छ ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको दार्मा गाउपालिका सामाजिक विकास शाखाका चन्द्र बहादुर रावतले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घघाटन गर्दै पालिका अध्यक्ष निम बहादुर केसीले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले पालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
अध्यक्ष केसीले खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने भएकोले दार्मा गाउँपालिकाका सबै खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताउनुभयो । तिनदिन सम्म गाउँपालिका भित्र रहेका ६ विद्यालयका विद्यार्थीले २८ पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
Error generating audio.