हामी परिक्षण प्रसारणमा छौ



सल्यान । माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागचौरको प्रथम नगर सम्मेलन बागचौरमा भव्य रुपमा सम्पन्न भएको छ ।

प्रथम नगर सम्मेलनबाट कल्पना शर्माको अध्यक्षतामा पछि १० जना सदस्य थप्ने गरि ९५ सदस्यीय नगर कमिटी गठन गरिएको माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा त्रिपुरा वली, गिता बुढाथोकी र पुष्पा डाँगी, सचिवमा ईश्वरी डाँगी वली, सह-सचिवमा तारिका खड्का र कोषाध्यक्षमा सुनिता सुनार लगायत ८५ जना सर्बसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य एव नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य सुम्निमा डि.सी.ले महिला दिदिबहिनीहरु पछाडि पर्ने हो भने हरेक कुरामा पछि पर्ने,समाजका अगुवाले समेत थिच्ने प्रवृत्ति अझै पुरै नहटको भन्दै यस्तै खालका संगठहरुमा आवद्व भएर आम महिला दिदीबहिनीहरु अगाडि बढ्न सबैलाई आग्रह समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रमलाई  नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समितति संयोजक कृति बहादुर पुन, नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा, प्रदेश कमिटी सदस्य एवम् बागचौर ईन्चार्ज टिकाराम वली, नगर कमिटि अध्यक्ष शोभाराम भण्डारी, नगर कमिटी सदस्य जनक घर्ती लगायतका नेताहरुले शुभकामना मन्तव्य दिदै अब महिला संगठन पनि आगामी स्थानीय चुनावमा होमिन निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार, ,  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्