हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नं.१० पिपलनेटामा आज एकैदिन दुई वटा भवन र वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको  उद्घाटन गरिएको छ ।

झन्डै एक करोड ७० लाखमा निर्माण भएको पिपलनेटा स्वास्थ्यचौकीको उद्घाटन गर्दै बागचौर नगरप्रमुख लोकमान  बुढाथोकीले स्वास्थ्य क्षेत्रमा वडा वासीलाई थप सहजता थपिएको बताउनुभयो ।

यस्तै नगरप्रमुख बुढाथोकीले बागचौर नगरपालिका वडा नं.१० को तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता र महेन्द्र मावि पिपलनेटा को चार कोठे भवन एकसाथ उद्घाटन गर्दै मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको शिक्षा भएको बताउनुभयो । नगर प्रमुख बुढाथोकिले शिक्षा,स्वास्थ्य र खेलकुद संग जोडिएको कार्यक्रममा आफुहरु निर्वाचन भए यता सिमित बजेट बाट असीमित काम गर्नको लागि जनचाहना अनुसार लागेको भन्दै   खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बागचौर नगरपालिकाकी उप प्रमुख कल्पना पुनले बागचौर नगरपालिकाका १२ वटै वडाका मावि बिधालयमा आधुनिक खाले भवन निर्माण गरिएको बताउदै अझै त्यस्ता पुर्वाधार निर्माणको लागि आफुहरु लागि परेको बताउनुभयो । उप प्रमुख पुनले भौतिक पुर्वाधार संगै शैक्षिक अवस्थालाई सुधार गर्नु पर्ने बागचौर नगर सरकारको मुख्य उधेश्य रहेको समेत बताउनुभयो 

उक्त कार्यक्रममा नगरका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख टेकबहादुर डिसीले शिक्षा र खेलकुद मानव जिवनको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो । कार्यक्रममा महेन्द्र माध्यामिक बिधालयका प्रधानाध्यापक बिष्णु प्रशाद अधिकारी लगाएत अन्य अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियोे  । चैत ६ गते सम्म संचालन हुने वडा अध्यक्ष कप प्रतियोगितामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष कृष्ण कुमार खड्काले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न मौलिकता बोकेका नाच तथा झाँकि समेत देकाइएको  थियो ।

बागचौर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कृष्ण कुमार खड्काको अध्यक्षता र वडा सदस्य शेरवहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक नवराज गौतम ले गर्नुभएको  थियो ।









प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार, ,  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्