हामी परिक्षण प्रसारणमा छौ



रोल्पा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा रोल्पा जिल्ला कमिटी सदस्य तथा गंगादेव इलाका सेक्रेटरी कृष्ण ओली (बिपिन) सहित ४१ जनाले पार्टी त्यागेर आइतबार नेपाली कांग्रेसमा समाहित हुनुभएको छ।

नेपाली काँग्रेसको ” घर घर जाऊ नेपाली काँग्रेस लाई जिताउ “अभियान अन्तर्गत हिजो गगादेव गाउँपालिका वडा नम्बर-४,मा पाटी कार्यालय उद्घाटन तथा बृहत पाटी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका रोल्पा उपसभापति हरि बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिप्लव पार्टी परित्याग गरि नेपाली कांग्रेसमा समाहित हुनुभएका विपिन वली सहित ४१ जनालाई पार्टीमा स्वागत गरिएको थियो। जिल्ला सहसचीव सुनिल ओलीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा सहभागीले रोल्पा अब नेपाली कांग्रेसमय हुन लागेको बताउदै सबैको प्यारो पार्टी नेपाली कांग्रेस रहेको बताउनुभएको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार, ,  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्