हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचौर नगरपालिले पालिकाको वडा नम्बर १ बरा रुख देखि वडा नम्बर-३,चौरपानी सम्मको सहिद रिङ्गरोडमा सल्यान- रुकुम यातायात प्रा.लि.को यात्रुवाहक बस आजदेखि सञ्चालन गर्दै उद्घाटन गरेको छ ।

शोमबार  एक कार्यक्रमका बिच बागचौर नगर प्रमुख लोकमान बुढाथोकीले उक्त सहित रिङ्गरोड उद्घाटन गर्दै बागचौर नगरपालिकालाई रिङ्गरोड मार्फत जोड्ने आफ्नो कार्यकालको एक महत्त्वपूर्ण कार्य सफल भएको बताउनुभयो ।

अबदेखि सहिद रिङ्गरोड अन्तर्गत  कालाखेत,बरारुख हुँदै कोटबेतमा गाडी संचालन हुनेछ। कार्यक्रममा सल्यान – रुकुम यातायात प्रा.लिका कर्मचारीको साथै स्थानीयहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार, ,  ३ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्