हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सडक निर्माणको क्रममा झरेको पहिरोले मंगलबार रातिदेखि राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको चोरखोलामा अवरुद्ध बनेको सडक केहिबेर अघिदेखि सुचारु भएको छ ।

मंगलबार बेलुकी करिव साढे सात बजेतीर सल्यानको कपुरकोट-३,चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथीबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले अहिले उक्त सडक खण्ड पूर्ण रुपमा  रहेको छ । पौडेलले दाङबाट ठुलो स्काभेटर ल्याएर पहिरो हटाए पछि अवरुद्ध सडक झन्डै २४ घन्टापछि पुर्ण रुपमा सञ्चालनमा आएको  जानकारी दिनुभयो । 

हिजो रातिदेखि सडक अबरुद्ध हुँदा सयौं सवारी साधन तथा यात्रु अलपत्र परेका थिए । साना गाडीका लागि वैकल्पिक बाटो भए पनि ठुला गाडीका लागि भने वैकल्पिक सडक हुँदा धेरै सवारी साधन जाममा परेका थिए ।  

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार, ,  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्