हामी परिक्षण प्रसारणमा छौ




१२ चैत्र सल्यान ।जिल्लाको बागचौर नगरपालिका वडा नं ५ मा माओवादी केन्द्र निकट युवा संगठन वाईसियलको ४५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

आज वडाको बाँङ्गेलाखुरीमा भएको भेलाले कमल ओलीको अध्यक्षतामा उक्त कमिटि गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विशाल बस्नेत,जनक ओली र लोकेन्द्र भण्डारी रहनुभएको छ। यस्तै भेलाले सचिवमा प्रदिप बिष्ट ,सह-सचिवमा द्वय भोलाराम भण्डारी र राजेन्द्र भण्डारी लाई चयन गरेको छ भने कोषाध्यक्षमा हिमानी पुन लाई चयन गरेको छ ।

भेलामा माओवादी नगर कमिटी सदस्य विक्रम रावत,कलिराम ओली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार, ,  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्