हामी परिक्षण प्रसारणमा छौ



१ महिना देखि जारी रुस- युक्रेन लडाइँ मा भएको क्षति बारे रुसले सार्वजनिक गरेको छ । रुसले लडाइँको क्रममम १३५० को हाराहारीमा आफ्ना सैनिक मारिएको बताएको छ ।

रुसका सैनिक निकायका उप-प्रमुख कर्णेल सेर्गेई रुद्स्कोईले आफ्ना १३५१ सैनिक को ज्यान गएको बताएका छन् । तर युक्रेनले भने रुसका १४ हजार सैनिकको ज्यान गएको दाबी गरेको थियो । यश युद्धमा रुसका बरिस्ठ ६ सैनिक अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसै बिच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले पश्चिमी राष्ट्रका सरकारहरु संग आफ्नो मद्दतका लागि लडाकु विमान,ट्याङ्क र मिसाईल डिफेन्स सिस्टम लगायतका सहयोग गर्न गरेको अपिललाई दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार, ,  १२ : २९ बजे

प्रतिक्रिया दिनुहोस्