हामी परिक्षण प्रसारणमा छौ



नेकपा माओवादी (केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार रोल्पा आउनु हुने भएको छ । जिल्लाको रोल्पा नगरपालिका ३ मा रहेको ‘भ्यू-टावर’ उद्घाटन गर्न अध्यक्ष प्रचण्ड आउन लाग्नुभएको हो । प्रचण्ड संगै अन्य केन्द्रीय नेताहरु पनि उपस्थित हुने बताईएको छ ।

स्थानीय निर्वाचन नजिकिदै गर्दा रोल्पा आउन लाग्नुभएका प्रचण्डको आगमनलाई अर्थपूर्ण मानिएको छ । अध्यक्ष प्रचण्डले उक्त उद्घाटन कार्यक्रमलाई प्रशिक्षणात्मक सम्बोधन गर्ने श्रोतले जनाएको छ ।

विभिन्न स्थानीय तहहरुले भ्यु-टावर बनाउने होड चलेकै बिचमा रोल्पा नगरपालिकाले पनि करिव ६ करोड को लागतका उक्त भ्यु-टावरको निर्माण गरेको हो । फोटो-फाईल

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार, ,  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्