हामी परिक्षण प्रसारणमा छौ



१४ चैत्र सल्यान ।
जिल्लाको बागचौर नगरपालिका मा आँखा तथा कान सम्बन्धि उपचार केन्द्रको स्थापना भएको छ । वडा नं २, खरिबोटमा आज एक कार्यक्रमका बिच उक्त केन्द्रको उद्घाटन त्यहाँका मेयर लोकमान बुढाथोकीले गर्नुभएको हो ।

रुकुम तथा रोल्पाका केही स्थानीय तह संगै सल्यानका आधा जनसंख्याले आँखा तथा कान सम्बन्धि समस्याको समाधानका लागि यस केन्द्र बाट सेवा लिन सक्ने बताईएको छ ।बागचौर नगरपालिका र नेपाल नेत्र ज्योति संघले यो केन्द्र लाई साझेदारी गरेका हुन् ।

यसै बिच मेयर बुढाथोकीले यस प्राथमिक आँखा तथा कान उपचार केन्द्र लाई १ लाख नगद सहयोग गर्ने हुनुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै बुढाथोकीले आफुले कोभिड-१९ को चरम महामारीको समयक्रममा राज्यले दिएको तलव भत्ता बापत आएको रकमलाई आईसोलेसन सेन्टरमा अक्सिजन सिलिन्डर संगै त्यहाँ बिरामीका लागि चाहिने सामाग्री गरि जम्मा १२ लाख ७६ हजार प्रदान गरेको स्मरण गराउँदै यस उपचार केन्द्र लाई पनि एक लाख सहयोग गर्ने बताउनु भएको छ ।

यता स्थानीय हरु यो उपचार केन्द्र आफ्नै नगरमा स्थापित भएकोमा हर्षित भएका छन् । उनिहरु आफ्नो सरकार बाट स्वास्थ लगायतका अन्य क्षेत्र हरुमा यहाँको सरकार चासोपूर्वक लागेको भन्दै सरकारको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार, ,  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्