हामी परिक्षण प्रसारणमा छौ

नेकपा स्थायी कमिटी बैठक सकियो,ओलीले पठाएको २ पन्ने पत्रमा के छ ?

प्रचण्डको प्रस्ताब खारेज भएको छ,अरु निर्णय मान्दिन : ओली



काठमाडौं । आइतबार दिउँसो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा केहीबेर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई कुर्दा पनि उनी नआएपछि अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक भएको थियो ।

आजको बैठकले स्थायी कमिठीको अर्को बैठक २८ गते बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । नेकपाको यही मंसिर २५ गते बोलाएको केन्द्रीय समितिको बैठक आगामी पुस ५ गतेका लागि निर्धारण गरिएको छ । बैठकका निर्णयबारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आजको बैठकमा अध्यक्ष कमरेड प्रचण्डले मात्रै आफ्ना कुरा राख्नुभएको छ,आगामी बैठक २८ गते र केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने निर्णय भएको छ ।’

स्थायी कमिटी बैठकमा ओलीले पठाए २ पन्ने पत्र

आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागी भएनन् । तर ओलीले स्थायी कमिटी बैठकमा आफु सहभागी नहुनको कारणसहितको पत्र पठाएका छन् । हर्नुहोस् पत्र

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार, ,  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्