हामी परिक्षण प्रसारणमा छौ



२३ चैत,काठमाडौं । नेपाल आयल निगमले गएराति देखि  पेट्रोलियम पदार्थको मूल्य फेरि  बढाएको छ।

नेपाल आयल निगमले मंगलबार मध्यरात देखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुर्याएको छ। त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ  पुगेको आयल निगमले जनाएको छ।

त्यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढेर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। यस्तै, अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर नयाँ मुल्य तोकिएको छ। यसअघि आयल निगमले  पेट्रोल १५५ र डिजेल तथा मट्टीतेल १३८ रुपैयाँ तोकेको थियो।


प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार, ,  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्