काठमाडौं । नेपाली लोकदोहोरीका लोकप्रिय गायक तथा सर्जक पवन वलीले बजारमा ल्याएको पछिल्लो गीत ‘दिन्थे मुटु झिकी’ यो साताभर लगातार युट्युब ट्रेन्डिङमा रहेको छ ।
नेपाली लोक दोहोरीका चर्चित गायक पवन ओलीको हालै सार्वजनिक गरेको ‘दिन्थे मुटु झिकी’ गीतले यो समाचार तयार पार्दासम्म ९ लाख ७५ हजार बढी दर्शकको माया पाउँदै युट्युब ट्रेन्डिङको यो साताको पहिलो दिन पहिलो र त्यसपछि लगातार दोस्रो स्थान ओगट्न सफल भएको हो । ‘दिन्थे मुटु झिकी’ लोक दोहोरी गितलाई चर्चित गायिका विष्णु माझी र गायक निशान भट्टराइको स्वर दिनुभएको छ ।
पवन ओलीको शब्द तथा सङ्गीतमा रहेको यस गीतको भिडियोमा पल शाह र एलिजा गौतमको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने गीतलाई आशिस अविरलले एरेन्ज गर्नुभएको छ।
‘दिन्थे मुटु झिकी’ गीत सार्वजनिक भएको लगभग दोस्रो सातामा समेत दर्शक स्रोताले उत्तिकै माया दिनुभएको छ । शिव विकले निर्देशन र कोरियोग्राफी गरेको गीतलाई अर्जुन तिवारीले खिच्नुभएको छ । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामाङको मेकअप, मिलन विश्वकर्माको सम्पादन र पदम सुवेदीको ग्राफिक्स देख्न सकिन्छ । पल शाह र एलिजा गौतमको अभिनयलाई दर्शक स्रोताले निकै मनपराएको कमेन्टमा देख्न सकिन्छ। यस्तै यस गितका सर्जक पवन वलीलाई गित राम्रो बनेको भन्दै सबैले तारिफ गर्नुभएको छ।
सल्यान बागचौर नगरपालिका -११,बाँफुखोलामा जन्मनुभएका गायक वलीले यसअघि जान्छु कालिपार, अक्षतामा दहि, सल्यान कपुरकोट, बुटवल बसपार्क,गरिबको जिन्दगी भाग १,२,३,फुल सिमिको पात, खोलि झर्यो गाइ,माछि बस्यो खोलीको लेउलेउमा लगायतका थुप्रै लोकप्रिय भाका दर्शक स्रोतामाझ ल्याइसक्नुभएको छ ।
नेपाली लोक दोहोरीलाई आफ्नो ठाउँबाट गर्नसक्ने काम गरेको बताउने गायक वलीले हाल कर्मथलो अमेरिकाको भर्जिनियालाई बनाउनुभएको छ । नेपाली गितसंगितलाई आफु जहाँ भएपनि कहिले नभुल्ने बताउने वलीको पछिल्लो गित “दिन्थे मुटु झिकी “को भिडियो पवन ओली युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
Error generating audio.