हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यानको बागचौर नगरपालिकामा तिन दिने आधारभूत पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ ।

बागचौर नगरपालिकाको आयोजनामा सञ्चालन भएको तीन दिने आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले पत्रकारले समाजका लागि सधै सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख बुढाथोकीले पत्रकार पनि बौद्धिक जगत् भएकाले समाज परिवर्तनको लागि पत्रकारको समेत उत्तिकै अहम् भूमिका रहने उहाँको भनाइ रहेकोे थियोे । बागचौरमा दक्ष पत्रकार उत्पादन गर्नका लागि नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउदै नगर प्रमुख बुढाथोकीले आफ्नो सिकेको ज्ञान् सहि सदुपयोग गर्नुपर्नेमा उहाँको भनाइ रहेको थियो । 

यस्तै, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर हमालले पत्रकारिता समाजको एना बन्नुपर्ने बताउदै त्यस अनुरुप  पत्रकार सधैं सत्य,तथ्य र निस्पक्षतामा अडिग रहनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश सदस्य तथा रेडियो नेपाल सल्यानका सम्वाददाता दीपक शर्मा र रेडियो तहल्का एफ एमका स्टेसन म्यानेजर डिल्लीराज रावत, एचपि मगर लगायतले प्रशिक्षकको रुपमा  आधारभूत पत्रकारिता तालिम दिनुभएको थियो । आफुहरुले तालिममा पत्रकार र पत्रकारिताका साथै लेखन शैलीका बारेमा केहि नयाँ कुरा थाहा पाउदा आफुहरुलाई  समाचार लेख्न झन् सहज भएको तालीममा सहभागी बिनोद वलीले सल्यानन्युजलाई जानकारी दिनुभयो । 

यसै साताको मंगलबार देखि सुरु भएको तालिममा नगर भित्रका १२ वडाका ३० जनाभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको नगरपालिकाका आइटि प्रमुख तिर्थराज डाँगीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार, ,  ५ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्