हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जिल्लाको छत्रेस्वरी गाउँपालिका – ६ चैबाङज्युला नजिकै जिप दुर्घटनामा हुँदा सात जना घाइते भएका  छन् । सोमबार बिहान जिप दुर्घटना हुँदा एकै घरका ६ जना र चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उक्त दुर्घटनामा परी घाइते हुनेमा बागचौर नगरपालिका- १०,निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीय सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीया प्रकृति बस्नेत र ७ दिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ । सात दिने शिशुको भने श्रीनगर स्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको जिप सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको छ ।

गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगत कुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार, ,  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्