हामी परिक्षण प्रसारणमा छौ



सल्यान । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति आउन अब ३० दिन मात्रै बाँकी रहेको छ । निर्वाचन मिति नजिकीदै गर्दा वडा तह तथा पालिका तहमा उमेदवारहरुको नाम घोषणा तथा सार्वजनिक गर्ने क्रम सुरु भएको छ ।

यसै क्रममा नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका सल्यानले वडा तहमा उमेदवारहरुको नाम सिफारिस गर्न सुरु गरेको छ । सोहि अनुरुप बुधबार सम्म ११ नम्बर वडाबाट अध्यक्ष पदमा डिल्लि बुढा,पदम ओली र घन बहादुर ओली सहित तिन जनाको नाम वडा कमिटीले सिफारिस गरेको छ। यस्तै नगरको ४ नम्बर वडाबाट अध्यक्ष पदमा कृष्ण बहादुर बस्नेत , जनकराम घर्ती र लाल बहादुर कामि सहित तिन जना उमेदवारहरुको नाम सिफारिस भएको नगर कमिटि सचीव दिपक ओलीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

माओवादी केन्द्र बागचौर नगर कमिटी सचिव दीपक ओली का अनुसार  अधिकांस वडामा सर्वसम्मत उमेदवारहरुको नाम सिफारिस पहल सुरु गरिएको र दुई  दिन भित्र नगरका १२ वटै वडाबाट सिफारिस आएपछि नगरले त्यसको टुंगो लगाएर अनुमोदनका लागि जिल्ला समन्वय समिति मार्फत प्रदेशमा पठाउने तयारी भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार, ,  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्