सल्यान । सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका दुइजना नेताहरुले सल्यानमा पालिका अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
जसअनुसार जिल्लाकाे छत्रेश्वरी गाउँपालिकाकाे अध्यक्षमा लाेकपाल केसीले स्वतन्त्रबाट उम्मेदवार दिने निर्णय गर्नुभएको छ । केसी झिम्पेका पुराना कम्युनिस्ट नेता हुनुहुन्छ । नेकपा सल्यानकाे सेक्रेटरी र इन्चार्जकाे भुमिका निभाइसक्नुभएका केसी हाल नेकपाकाे विषेश कमिटी सदस्य हुनुहुन्छ ।
त्यस्तै कुमाख गाउँपालिकाकाे अध्यक्षमा नेकपाका भीम भारतीले स्वतन्त्रबाट उम्मेदवार घाेषणा गर्नुभएको छ । जनयुद्धदेखि राजनीतिमा सक्रिय भएका भारती पछिल्लो समय पत्रकारितामा समेत आवद्ध हुनुहुन्छ ।
Error generating audio.