हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा (माओवादी केन्द्र) ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी  सल्यानको छत्रेस्वरीबाट गाउँपालिका  अध्यक्षमा चार जनाको नाम सिफारिस गरेको छ । 

पार्टीले पालिका अध्यक्षमा चित्र वहादुर केसी, हिमाल यात्री, प्रेम लाल घर्ती र गिताञ्जली भण्डारीलाई सिफारिस गरेको पालिका सचीव हिमाल यात्रीले सल्यानन्युज लाई जानकारी दिनुभयो । 

यात्रीका अनुसार माओवादी केन्द्रले छ्त्रेस्वरि  गाउँपालिका उपाध्यक्षमा प्रेम वहादुर खडका, राधा कुमारि शर्मा र प्रतिभा वलीलाई  सिफारिस गरेको छ । 

पालिका भित्रका वडाअध्यक्षको उम्मेदवारीको अन्तिम टुंगो  शनिबार बेलुका सम्म टुंगो लगाउने गरि तीब्र रुपमा काम अगाडी बढाइएको गाउँ कमिटीले जनाएको छ। 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार, ,  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्