हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका १०० जना भन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

स्थानीय तहको चुनावको टिकट वितरणमा विवाद हुँदै जाँदा उनीहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टीभित्र दलालीकरण बढेको र आर्थिक चलखेलका कारण इमानदार कार्यकर्तालाई पाखा लगाएको सामूहिक राजीनामा दिनेहरुको आरोप छ ।

विज्ञप्ती निकालेर पार्टी परित्याग गरेको घोषणा गर्नेहरुमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर बस्नेत सहित १०० जना स्थानीय नेताहरु रहेका छन् । पार्टी परित्याग गर्नेको संख्या अझै बढ्ने उधोगि डिल्लीबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य वडाहरुले मेयरमा सिफारिस गरेर पठाए । आफ्नै  वडाले समेत माथिल्लो तहमा नाम सिफारिस गरेन ।

आफु लगाएत सयौं नेता तथा कार्यकर्ताको गुनासोलाई जिल्ला, क्षेत्र र केन्द्रले समेत ध्यान दिएर सुन्ने कोशिस समेत गरेन । दशकैदेखि निरन्तर रुपमा पार्टीलाई आर्थिक, नैतिक रुपले सहयोग गर्दै आएपनि आफुलाई बारम्बार पाखा लगाउने काम भएको हुँदा अपेहेलित भएर पार्टीमा बस्न मन लागेन त्यसैले आत्मसंतुष्ट पार्न  सामुहिक रुपमा पार्टी छोड्यौ ।’

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार, ,  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्