हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।१७ वैशाख।सल्यान छत्रेश्वरी गाउँपालिकामा  शुक्रबार राती झ्यालबाट खस्दा एक महिलाको मृत्यु भएको छ । 

शुक्रबार राति जिल्लाको छत्रेश्वरी गाउँपालिका-३,तल्लोपारेकी ५५ वर्षीया चुडा घर्तीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानले जनाए अनुसार घर्ती शुक्रबार राती गोठमा बाख्रा बाध्न जाँदै गर्दा झ्यालबाट खसेर उहाँको मृत्यु भएको हो । 

शनिबार बिहान झ्यालबाट खसेर आफ्नो श्रीमतीको मृत्यु भएको भनी श्रीमान रुद्र घर्तीले प्रहरीलाई खबर गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले घटनाको थप अनुसन्धान भइरहेको  जानकारी दिनुभयो । 
    

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार, ,  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्