हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण भएको बारे जानकारी दिएका हुन् ।

उनले दुई दिनदेखि आफूमा कोरोना सँग मिल्दाजुल्दो लक्षण देखिएकाले शुक्रबार कोरोना परीक्षण गराएको र रिपोट पोजेटिभ आएको जनाएका छन् ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका खड्काले शनिबारबाट चितवनमा हुने गौतम बुद्ध कप क्रिकेट खेलमा सहभागिता नजनाउने भएका छन् । खड्काले होम आइसोलेनमा आफु सुरक्षित रहेको समेत जनाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार, ,  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्