हामी परिक्षण प्रसारणमा छौ



सल्यान,१७ बैशाख । सल्यान बनगाड कुपिण्डे नगरपालिकाको एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार चम्फा पुरीले आफ्नो सहमति विना पार्टीले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै पुरीले पार्टीका जिल्ला अध्यक्ष तथा मेयरका उम्मेदवार गोबिन्द पुनले अलोकतान्त्रिक, स्वेच्छाचारी र अराजनीतिक तरिकाले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै पार्टी अध्यक्ष गोविन्द कुमार पुनलाई कारवाहीको माग गर्नुभएको छ ।

विज्ञप्तीमा आफ्नो सहमति बेगर प्रदेश अध्यक्ष विनोद कुमार शाहको पत्रको आधारमा उम्मेदवारी फिर्ता लिएकाले एमालेले भन्ने गरेको विधि र पद्धतिको उपहास भएको बताउनुभएको छ । गठबन्धन दलले बनगाडमा नेकपा माओवादी केन्द्रलाई मेयर र उपमेयर नेपाली काँग्रेसलाई दिनेगरी शनिवार सहमति कायम गरेको छ । गठबन्धनको पछिल्लो समय सहमतिलाई काउन्टर दिन एमालेले आफ्नो रणनिति फेर्दै मेयर आफ्नो दल र उपमेयर नेपाली काँग्रेसबाट बागि उठ्नु भएका स्वतन्त्रलाई सघाउनेगरी छलफल अघि बढाएको एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार, ,  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्