१८ वैशाख / माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टी   सम्बद्ध गठबन्धनले बागचौर नगरपालिका वडा नं.-१२, बाँफुखोलामा चुनावी  घरदैलो अभियानलाई तीब्रता दिएको छ ।
निर्बाचन आयोगले चुनाब चिन्ह प्रदान गरेलगत्तै आईतबार देखि घरदैलो अभियान सुरु भएको माओवादी केन्द्रका बागचौर नगर कमिटी सदस्य टेक बहादुर नेपालीले जानकारी दिनुभयो । नेपालीका अनुसार वडा अध्यक्षका उम्मेदवार माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य सेते वली (दिनेश) , खुल्ला वडा सदस्यका उम्मेदवार दीपेन्द्र कुमर वली,प्रेम प्रकाश खत्री ,महिला सदस्य भावना खड्का वली, दलित महिला सदस्य हिरा रसाइली लगायत गठबन्धनका नेताहरु अहिले  घरदैलोमा हिंड्नु भएको छ।

Error generating audio.

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार, ,  १ : ५० बजे

प्रतिक्रिया दिनुहोस्