हामी परिक्षण प्रसारणमा छौ



बागचौर १८ वैशाख / नेपाली कांग्रेस बागचौर वडा नं.११ ले हिजोदेखि चुनावी घरदैलो कार्यक्रमलाई जारी राखेको जनाएको छ ।

शनिबारबाट वडा अध्यक्ष पदका उम्मेदवार केश बहादुर भण्डारीको नेतृत्वमा वडा नं. ११ को रातामाटा, पानचौर, पातिहाल्न,चिनालि, धारेमारे लगायतका  मतदाताहरुसंग उम्मेदवारहरुले आफ्नो पक्षमा मत मागिरहेको नेपाली कांग्रेस बागचौरका स्थानीय नेता टेकम केसिले बताउनुभयो ।              

घर दैलो कार्यक्रममा मतदाताहरुसंग भोट माग्दै वडा अध्यक्ष पदका उम्मेदवार केश बहादुर भण्डारीले आफू वडा नम्बर -११ को समग्र बिकास गर्न अध्यक्ष पदमा उठेको बताउदै भण्डारीले स्वास्थ्य ,शिक्षा र कृषि लाई पहिलो प्राथमिकता दिएर काम गर्ने  योजना बनाएको बताउनुभयो ।

उक्त घर दैलो कार्यक्रममा  नेपाली कांग्रेस सल्यानका युवा नेता मोहन वली, ११ नम्बर वडाको सदस्य पदका उम्मेदवारहरु  मान बहादुर वली,थलराज खड्का, महिला सदस्य चन्द्रकला खड्का  र दलित महिला सदस्य रुपा परियार लगायत अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको नेपाली कांग्रेस बागचौर नगरपालिका ११ नम्बर वडा निर्बाचन परिचालन समितिले जानकारी दिएको छ।

वडामा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच कडा टक्कर !

यसैबीच बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बागचौर- ११मा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारका बिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

माओवादी केन्द्रबाट घन बहादुर वली र नेपाली कांग्रेसबाट केश बहादुर भण्डारी वडा अध्यक्षमा चुनावी मैदानमा आएको र दुबै स्थानीय बिच लोकप्रिय रहेकोले वडा नम्बर-११,को चुनाव थप रोचक बन्न पुगेको स्थानीय पवन भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार, ,  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्