हामी परिक्षण प्रसारणमा छौ



सल्यान, १९ वैशाख । त्रिबेणी गाउँपालिका सल्यानमा गठबन्धनले चुनावी घोषणापत्र जारी गरेको छ ।

गठबन्धनमा आबद्ध एकीकृत समाजवादि र माओवादी केन्द्र का संयुक्त प्यानलबाट पालिका अध्यक्षका उम्मेदवार डिल्ली बहादुर केसी र उपाध्यक्षका उम्मेदवार राजेन्द्र कुमार थापा(आर के)ले पालिका भित्रका किसानलाई (किसान परिचय पत्र दिने ) लगायत थुप्रै लोकप्रिय कार्यक्रम आफ्नो चुनावी घोषणापत्रमा समेट्नु भएको छ।

घोषणा पत्रमा बर्षौदेखि विद्यमान गरीबी, बेरोजगारी, कुशासन, भ्रष्टाचार, न्यून उत्पादन, स्थानीय उत्पादनको बजारीकरण को समस्यालाई हटाउन गठबन्धनमा आबद्ध दललाई जिताउनुपर्ने उल्लेख गर्दै आफुहरुको घोषणापत्रलाई आगामी नीति कार्यक्रमकै रुपमा अघि सारिएको उम्मेदवारहरुले बताउनुभएको छ । चुनावी घोषणापत्रमा समेटिएका गठबन्धनका प्रमुख नाराहरु हेर्नुहोस् :

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार, ,  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्