हामी परिक्षण प्रसारणमा छौ



सल्यान, २३ बैशाख । सल्यानको बागचौर नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बाट नगर प्रमुख  र उप-प्रमुख पदका उम्मेदवार कृति बहादुर पुन र सुम्निमा डिसीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नगर का १२ वटा वडा मध्ये  ८ वटा माओवादी एक्लैले जितेको र यस पटक पनि स्थानीयमाझ लोकप्रिय उम्मेदवार कृति बहादुर पुन र  सुम्निमा डिसी भएकाले जित निश्चित रहेको गठबन्धनमा आबद्ध दल माओवादी केन्द्रका बागचौर नगर कमिटी सदस्य जनक घर्तीले बताउनुभयो ।

चुनावी घरदैलो अभियानको क्रममा बिहिवार सम्म गठबन्धनमा आबद्ध  दल माओवादी केन्द्र र एकीकृत समाजवादी ले बागचौर नगरपालिका वडा नम्बर ४,५,७, ८,९,११ र १२ वडामा भएका वडा सभामा गठबन्धनका उम्मेदवार प्रति वडा वासीले अपार माया दर्शाएको एकीकृत समाजवादीका युवा नेता ओमकार वलीको भनाइ छ ।

पुन र डिसी को पार्टी प्रतिको त्याग ,तपस्या र इमानदारितालाई नगरबासीले  रुचाएकोले पनि उहाँहरु दुबैलाई  बागचौर नगरपालिकामा आशाको रुपमा हेरेका छन् । गठबन्धनले जित्दा नगरपालिकाको समग्र विकास हुने बागचौरबासीको चाहाना छ ।

नगरपालिकाको १२ वटै वडामा गठबन्धनको पक्षमा माहोल बनेको छ । आशाको किरणका रुपमा गठबन्धनका उम्मेदवारलाई देखेको नगरबासीहरू बताउँछन् ।

पुर्ब जनमुक्ति सेनाका बिग्रेड कमान्डर,माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा माओवादी केन्द्र सल्यानका संयोजक समेत रहनु भएका पुन र माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य सुम्निमा डिसीले आफुहरु निर्वाचित भए नगरका हरेक युवाहरूलाई नगरमै रोजगारी र स्वरोजगारीको व्यवस्था गर्ने उहाँहरुको प्रतिवद्धता रहेको छ ।

गठबन्धनबाट उम्मेदवार बनेपनि विजयी भएपछि पार्टीभन्दा माथि उठेर समग्र बागचौर नगरपालिका र जनताको सेवामा लाग्ने दुबैले प्रतिवद्धता जनाउनुभएको छ । गठबन्धनबाट नगर प्रमुख र उपप्रमुखका दुबै उम्मेदवारले एकै स्वरमा भन्नुहुन्छ ‘हाम्रा लागि बागचौरबासी सबै समान हुनुुहुन्छ । सबैलाई समान व्यवहार गरेर नगरपालिकाको विकास गर्नेछौं । जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने छौं ।’

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार, ,  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्