हामी परिक्षण प्रसारणमा छौ



बैशाख २३, सल्यान । नेकपा माओवादी केन्द्र दार्माले घरदैलाे तथा जन भेटघाट कार्यक्रमलाई तिब्रता दिएकाे छ ।हिजोसम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित अन्य उम्मेद्वारको साथमा टोलस्तरमा जनभेटघाट गरेको नेकपाले वडा नं.४ को रातामाटा मा चुनावी सभा समेत सम्पन्न गरेको जनाएको छ ।

पालिका अध्यक्षका उम्मेदवार निम बहादुर केसी उपाध्यक्षका उम्मेद्वार जुना मल्ल चन्द सहितको उपस्थितीमा भएको चुनावी सभामा माओवादी दार्मा का नेताहरुको सहभागिता रहेकोे छ ।पालिका स्तरीय सभा यही २६ गते फारुला चौरमा गर्ने माओवादी केन्द्रको तयारी छ।

नेकपा माओवादी केन्द्र कर्णालि प्रदेश सदस्य अनन्त प्रशाद शर्मा ,दार्मा गाउँकमिटी अध्यक्ष चन्द्र बहादुर रावत, सचिब दुर्गा मल्ल लगायत काे उपस्थित मा घरदैलाे तथा जन भेटघाट कार्यक्रमलाई तिब्रता दिएकाे छ। नेताहरुले दार्मामा माओवादीको जित सुनिश्चित भएको भन्दै हार्ने मानसिकताका कारण एमाले ,कांग्रेसले भ्रम ,झुट्टा आराेप लगाउदै हिडेकाे बताएका छन।

उनिहरुले देशमा एक खालको गठबन्धन भएकाबेला दार्मा मा गठबन्धन नहुनु राम्राे नभएकोे भन्दै पार्टीका कार्यकर्ताले मात्रै भोट हाल्ने नभएर जनताले मतदानमा सहभागिता जनाउने भएकाले जनताले माओवादीलाई अझै सरकारमा देख्न चाहेको बताएका छन ।

पालिक अध्यक्ष निम बहादुर केसि ले सेवा सुविधा बापत खाईपाई आएकाे रु ७४ लाख रुपयाँ गाउँ पालिकाकाे खातामा जम्मा गरेकाे बताउदै नेकपा माओवादी केन्द्रबाट निर्वाचित दार्मा गाउपालिका का अध्यक्ष केसीले दार्मा मा निर्वाचित भएपछि आफुले बल बुताले भ्याय सम्म काम गरेकाे दाबि छ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार, ,  १ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्