हामी परिक्षण प्रसारणमा छौ



वैशाख २४,सल्यान । चुनावी प्रचारमा हिडेको गाडीको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको कालिमाटी गाउँपालिका-२,दानीगौरामा लु १ ज ४५९९  नम्बरको जिपको छतबाट खस्दा सोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको हो ।

जिपको छतबाट खसेर थापा गम्भिर घाइते भएका उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगिएको र उपचारका क्रममा थापाको दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। 

नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र घर्ति मगर सहितको टोलीको प्रचारमा हिडेका थापा जीपको छतबाट खसेका थिए । अहिले गाडी चालक दाङको बबई गाउँपालिका-२ का २८ वर्षीय खुमबहादुर छन्तेल र गाडीलाई  नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार, ,  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्