हामी परिक्षण प्रसारणमा छौ




२६ बैशाख सल्यान । सल्यानमा घरेलु मदिरा नियन्त्रणमा जोड दिईएको छ । स्थानीय निर्वाचन को मिति नजिकिदै गर्दा सल्यान प्रहरीले मदिरा नियन्त्रण मा सक्रिय जनाएको हो ।

यस्तै क्रममा जिल्लाको बागचौर नगरपालिका ५ नं वडामा पनि मदिरा नियन्त्रण गरि नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमखोली बाट खटिएको टोलीले मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र मदिरा गरि करिव ३०० लिटर नष्ट गरिएको छ ।

उक्त मदिरा जनप्रतिनिधि ,स्थानीय ब्यापारी र अन्य हरुको रोहवरमा नष्ट गरिएको ईप्रका सिमखोलीका प्रमुख प्रनानि जयराम बुढाथोकीले बताउनु भएको छ । उहाँका अनुसार चुनाव लक्षित सुरक्षा गस्ति पनि बढाईएको छ ।

यस्तै सिमखोली प्रहरीले चुनाव लक्षित पोष्टर,झण्डा,चिन्ह अंकित पोषाक प्रयोगमा कडाई गरेको छ । प्र.ना.नि. बुढाथोकी का अनुसार आचारसंहिता लागू भएदेखि यस्ता गतिविधि गर्न रोक लगाईएको भए पनि फाटफुट रुपमा चुनाव चिन्ह अंकित सामाग्री हरु प्रयोग गरिरहेको पाईएकोले सम्बन्धित पक्षहरुलाई जानकारी तथा सुझाव दिएको बताईएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार, ,  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्