हामी परिक्षण प्रसारणमा छौ



सल्यान । कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। रानाले ६०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन्।
महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।

कांग्रेस-एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।

उक्त वडाबाट कांग्रेस-एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने कांग्रेस-एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन्।

कुल मतदाता १७३९ रहेको कुमाख गाउँपालिका वडा नं. १ मा १२१४ मत खसेको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्