हामी परिक्षण प्रसारणमा छौ



जेठ १, सल्यान । सल्यानकाे कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धन विजयी भएकाे छ ।

४६ मतकाे अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथाेकीले जित हाँसिल निकाल्नु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत ल्याउनुभएको छ भने विजयी बनेका बुढाथाेकीले ४ हजार ५८ मत ल्याउनु भएको छ।

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी हुनुभएको छ । रावतले ४ हजार १ सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार, ,  १ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्