हामी परिक्षण प्रसारणमा छौ



सल्यान, २ जेठ । कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जीत हाँसिल गरेका छन् । ३१६० मतका साथ गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन गाउँपालिका अध्यक्षमा विजयी बनेका छन् भने माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत ल्याएर उपाध्यक्ष पदमा जित हाासिल गरेका छन् ।

निकटतम प्रतिद्वन्दी एमालेका भिम बहादुर सेनले अध्यक्ष पदमा २९३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले २७४५ मत प्राप्त गरेका छन् ।

यस्तै कांग्रेसको तर्फबाट विष्णु प्रसाद शर्माले अध्यक्ष पदमा १५७२ र ओकी महताराले उपाध्यक्ष पदमा १५३९ मत प्राप्त गरे । राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले २७ मत प्राप्त गरे ।

अन्तीममा गणना भएको वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहराले ५५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेसंग तालमेल गरेको राप्रपाले वडा नं ६ मा वडा अध्यक्ष पदमा ५५० मत प्राप्त गर्याे ।

कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यस्तै वडा नं ३ मा नेपाली कांग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समिकरणबाट राप्रपाले जित हाँसिल गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार, ,  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्