हामी परिक्षण प्रसारणमा छौ



जेठ ३,सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी, कांग्रेस र समाजवादीका साझा उम्मेदवार माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकी ७ हजार ४ सय ६६ मत ल्याएर विजयी भएका हुन । 

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत प्राप्त गरेका छन् । बुढाथोकीले पुनलाई २ हजार ७ सय ४६ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन । पुन २०७४ को स्थानीय चुनावमा बुढाथोकीलाई पराजित गरी मेयर पदमा निर्वाचित भएका थिए । पाँच वर्ष पछि पुन बुढाथोकीबाट फराकिलो मतान्तरले पराजित भएका छन् । पुन नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन । 

यस्तै उपमेयरमा पनि साझा गठबन्धनबाट उम्मेदवार बनेको नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमाले र स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले ४ हजार १सय ८० मत ल्याएका छन् । 

१२ वडा रहेको नगरपालिकामा वडा न १ नेपाली कांग्रेसका थुम बहादुर विसि, २ न वडामा माओवादी केन्द्र मानबहादुर खत्री, ३ न वडामा माओवादी केन्द्रका धनबहादुर पुनमगर, ४ न वडामा एमाले पुष्कर बुढा, ५ न वडामा माओवादी पिउमले खत्री, ६ न वडामा समाजवादी गणेश विसि, ८ न वडामा माओवादी कुलबहादुर पुरी, ९ न वडामा रुद्र परियार, १० न वडामा एमाले मोते घर्ती, ११ न वडामा माओवादी केन्द्र बिरबहादुर बुढामगर १२ न वडामा नेपाली कांग्रेस लालबहादुर घर्ती र ७ न वडामा माओवादी केन्द्रका जीवन सिह ठकुरीले बिजय हासिल गरेका छन ।

 बनगाड कुपिण्डे नगरपालिका जम्मा २०९९६ मत मध्य १४२०८ मत खसेको थियो ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार, ,  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्