हामी परिक्षण प्रसारणमा छौ



८ जेठ ,सल्यान । सल्यानको दार्मा गाउपालिकाका नव निर्वाचित अध्यक्ष,उपाध्यक्ष एवं वडा अध्यक्षहरुले मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छ्न । अध्यक्ष  निम बहादुर केसी लगाएतका जनप्रतिनिधिले दार्मा गाउपालिका मतदाताहरुलाई भेटघाट गरेका छन  ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबार बाट मतदातालाई भेटघाटको कार्यक्रम तय गरेको अध्यक्ष केसीले बताए । शनिवार  वडा नम्वर २ को ओजाबाङ , पाथिखोला, कौछे, लिगा र वडा नम्बर  ४ को रातामाटा, गलात, सउखालि,नकालगाउ,सिङ्गारीकोट, रामिडाडा, पुखात  लगाएतका स्थानमा गएर  मतदाताहरुसँग भेटघाट गरेको अध्यक्ष केसीले बताए । भेट्का क्रममा अध्यक्षले  निर्वाचित भई सकेपछि आफु पार्टीको नभएर समग्र दर्मालि जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दावी गरे ।

उनले दार्माको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरिय विकासका लागि काम गर्ने बताए  । दार्मा सल्यान जिल्लाकै बिकट बस्ति भएकाले  विकासमा पछाडि परेको उनको भनाई छ। स्थानीय सरकार भए पछी दार्माले फट्को मारेको बताउदै अबको ५ बर्षमा दार्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आफ्नो टिम लाग्ने समेत यनको भनाई छ  ।  भेटका क्रममा केसीले आफुलाई आफनो अमुल्य मत दिई बिजय गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिएका छन् ।   सो क्रममा बोल्दै अध्यक्ष केसीले आफुले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे।

पाँच बर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध दार्मा  बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फ़ेरि  निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ  । दार्मामा शिक्षा,स्वस्थ्य, यातायात,खानेपानी रोजगारका विषय लाइ पहिलो प्राथमिकतामा राखेर काम गर्ने  केसीले बताए। 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार, ,  ११ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्