हामी परिक्षण प्रसारणमा छौ



९ जेठ,सल्यान । बागचौर नगरपालिका सल्यानका संस्थापक नगरप्रमुख लोकमान बुढाथोकीले नेपाल पत्रकार महासंघ सल्यान शाखामा एउटा अक्षयकोष स्थापना  गर्नुका साथै आफ्ना केहि सामाजिक कार्यलाई सार्बजनिक गरेका छन् ।

शोमबार दिउँसो आफ्नो ५ बर्से कार्यकालमा नगर प्रमुखको रुपमा आफुले पाएको सेवा, सुबिधा (तलब/भत्ता) बापतको २ लाख ८० हजार ८ सय ४१ रुपैयाँको अक्षयकोष स्थापना गर्ने बुढाथोकीले घोषणा गरेका हुन् ।

अक्षयकोषको रकमबाट आउने व्याज रकम कार्यविधि बमोजिम प्रत्येक वर्ष १ जनासल्यान जिल्लाको उत्कृष्ट पत्रकारलाई सम्मान सहित उक्त रकम उपलब्ध गराइने बुढाथोकीले जानकारी दिए ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यान शाखा र बुढाथोकी बिच केहिदिन भित्रै कार्यबिधी बनाई सम्झौता गरिने नेपाल पत्रकार महासंघका सल्यानका अध्यक्ष नवीन पौडेलले जानकारी दिएका छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार, ,  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्