हामी परिक्षण प्रसारणमा छौ



जेठ १३,सल्यान । शुक्रबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सात जना मध्ये चारलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १ जनालाई दाङ्ग र तीन जनालाई नेपालगञ्ज रिफर गरिएको हो । 

सल्यान बागचौर नगरपालिका ८ कोटमौलाका ४८ वर्षीय अजमद कामीलाई दाङ्ग रिफर गरिएको छ भने वडा न ८ गैरागाउँकी ६३ वर्षीया चम्फा ढकाल, कोटमौलाका ७५ वर्षीय लिलानाथ योगी र छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी खड्कालाई नेपालगञ्ज रिफर गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । 

अन्य घाइते बागचौर नगरपालिका ९ की ३६ वर्षीया मनिषा भण्डारी र रोल्पा गंगादेव गाउँपालिका ३ डाँडापोखरीकी ५८ वर्षीया दिल कुमारी खड्काको बागचौर स्थित जनप्रिय पोलि क्लिनिकमा उपचार भइरहेको छ । 
सल्यान बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ्ग तुलसीपुर जाँदै गरेको ना ३ ख ३८४४ नम्बरको बस बागचौर नगरपालिका २ शारदा खोला नजिकै दुर्घंटना भएको थियो । घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान नै शोही ठाउँमा टिप्पर दुर्घटना भएको थियो । 
 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार, ,  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्