हामी परिक्षण प्रसारणमा छौ



१९ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशका १५ स्थानीय तहमा स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस कार्यक्रमको लागि मन्त्रालयले कर्णाली प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिका छनौट गरेको जनाएको छ ।यस कार्यक्रम अन्तर्गत पूर्वाधार, जलवाय परिर्वतन, फोहोर मैला व्यवस्थापन लगायतको क्षेत्रमा काम हुने मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुनछ । यस कार्यक्रमलाई  बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोग रहने छ।


यता कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको लागि दार्मा गाउँपालिका छनौट भएकोमा आफु संगै सिङ्गो गाउँपालिका परिवार खुशी भएको बताउदै यस कार्यक्रम का लागी लागिपर्ने सबैलाई दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले धन्यवाद दिएका छन्।

हेर्नुहोस् छनौट भएका  कर्णाली का १५ स्थानीय तहहरु :

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार, ,  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्