हामी परिक्षण प्रसारणमा छौ



बुटवल । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको बस रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । 

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको रात्री बस रोहिणी पुलबाट आइतबार बिहान करिब साढे ४ बजे खोलामा खस्दा बसमा भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जनाए। 

केसी का अनुसार अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त बस दुर्घटनामा परि हालसम्म ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ । अहिले दुर्घटना हुनुको कारण र मृत्यु हुनेको पहिचान गर्ने काम एकसाथ भैरहेको रुपन्देही ट्राफिक प्रहरीको भनाइ रहेको छ। तस्वीर : प्रकाश डुम्रे

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार, ,  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्