हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिका ४ नम्बर वडाको पहिलो बैठकले प्रधानमन्त्री  रोजगार कार्यक्रम लगायत अन्य कार्यहरु प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेकोछ।

केहिदिन अघि वडाको पहिलो बैठक ले वडा भित्रका कुनै पनि शिक्षण संस्थाले परिक्षा शुल्क लिन नपाउने निर्णय गरेको छ । यस्तै बैठकले ४ नम्बर वडा भित्र अबदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने निर्णय गरेको वडा अध्यक्ष कृष्ण बहादुर बस्नेतले बताउनुभयो ।

यस्तै नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको थप २५ लाख रुपैयाँ र पहिलेको केहि रकमलाई प्रभावकारी ढंगले काम सम्पन्न गर्ने निर्णय समेत गरेको छ।
हेर्नुहोस् कुन ठाउँका लागि कति छ बजेट :
१. जलेखर्कबाट झिंगे हुँदै सल्यान चौर उमखोला सम्म मोटर बाटो निर्माण = रु: १३ लाख

२.अम्रेखोलाबाट भिरिगाउँ हुँदै कोटानेटा गोरेटो बाटो निर्माण =रु लाख
भित्ताखोला डाँडाबाट मछाइने गैरी  हुँदै आँसि  उदयाउने सम्म गोरेटो बाटो निर्माण =रु ५ लाख

३.गलखोलीबाट बुराकात्ना हुँदै जवारी सम्म गोरेटो बाटो
निर्माण =रु  २ लाख ८८ हजार पाँच सय मात्र

४.सिमाखोलीबाट बेरुबोट हुँदै हिउँदेखोला सम्म गोरेटो बाटो निर्माण =रु २ लाख ८८ हजार पाँच सय मात्र

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार, ,  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्