हामी परिक्षण प्रसारणमा छौ



सल्यान,बाँफुखोला । बागचौर नगरपालिका-१२ नम्बर वडा कार्यालयको पहिलो बैठकले वडाका पाँच वटै टोल मा जनप्रतिनिधिको अगुवाइमा हरेक शुक्रबार सरसफाइ गर्ने निर्णय गरेको छ ।

केहिदिन अघि बसेको वडा कार्यालयको पहिलो बैठकले वडा बासीको अवस्थालाई मध्यनजर गर्दै आवश्यकता अनुसार सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स को सेवा दिने निर्णय गरेको छ। यस्तै जनप्रतिनिधि को अगुवाइमा वडाभित्रका पाँच वटै टोलमा हरेक शुक्रबार सरसफाइ निर्णय गरेको वडा अध्यक्ष टिकाराम वलीले ले बताउनुभयो ।

बैठकले वडा भित्र सामाजिक सुरक्षा भत्ताका लागि बृद्धअबस्थाका नागरिकलाई यसअघि लाग्दै आएको सिफारिस शुल्क नलिने निर्णय गरेको छ। यस्तै वडा अध्यक्ष टिकाराम वलीको उपस्थितिमा वडा बैठकले अबदेखि सामाजिक सुरक्षाभत्ता वडाबाटै बितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी नगरबाट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी वडामा आएको २५ लाख रकम हरेक टोललाई ५ लाखका दरले बिनियोजन गरेर धमाधम काम अगाडी बढाएको वडा सदस्य तथा नगर कार्यपालिका सदस्य रेखा डाँगी खत्रीले बताउनुभयो ।

वडाको दोभान बजार आसपास सरसफाइ गर्दै वडा अध्यक्ष,कार्यपालिका सदस्य सहित अन्य वडा सदस्य

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार, ,  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्