हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा शुक्रबार भएको निर्वाचनमा नेकपा एमाले र माओवादीको गठबन्धन सम्बद्ध उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार   र उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवाल विजयी  हुनुभएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत आचार्यका अनुसार १० मतसहित एमाले र माओवादी गठबन्धनको प्यानल नै विजयी भएको हो । गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएका थिए ।

यसैगरी महिला सदस्यमा चन्द्रा धामी (एमाले), शान्ति ताराम (माओवादी केन्द्र) र मीना मल्ल (एमाले) तथा अन्य सदस्यमा तुलबहादुर नेपाली (माओवादी केन्द्र), डिल्ली पाण्डे (एमाले) र पृथ्वीबहादुर बुढा (एमाले) तथा अल्पसंख्यकमा सावित्रा टमटा(एमाले) विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ। 
 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार, ,  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्