हामी परिक्षण प्रसारणमा छौ



सल्यान । आइतबार सम्पन्न जिल्ला समन्वय समिति सल्यानको निर्वाचनबाट जिसस प्रमुख पदमा नेपाली कांग्रेस का बेलाराम रावल विजयी हुनुभएको छ । तिन दलको तर्फबाट  साझा उम्मेदवार बन्नुभएका रावल १५ मतको अन्तरले विजयी हुनुभएको हो । 

गठबन्धनका साझा उम्मेदवार रावलले १५ मत ल्याउँदा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणी खत्री ले ५ मत प्राप्त गर्नुभयो । यसैगरी उपप्रमुख पदमा माओवादी केन्द्र का असबिर बुढाथोकी (रैती) कूल १४ मतसहित विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले का बेल बहादुर चन्द  ले ५ मत प्राप्त गर्नुभयो । 

जिससको नेतृत्वका लागि कांग्रेस,माओवादी–एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । यस्तै सदस्यहरुमा  बिन्दु पुन, बिमला कुमारी खत्री,हिरा कुमारी शाह चन्द, चेत बहादुर गिरी (चेतन),बालकृष्ण भण्डारी,हरिलाल खत्री र जमुना बिक बिजयी हुनुभएको छ। १० स्थानीय तह रहेको सल्यान जिसस का २० मतदाता छन् ।



प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार, ,  ३ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्