हामी परिक्षण प्रसारणमा छौ



सल्यान । गत बुधबार सल्यानमा सल्यान खलंगाका एक युवकमाथि धारिलो हतियार प्रहार गरेर भागेका चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शारदा नगरपालिका –२ का १९ वर्षीय रुपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १९ वर्षीय युवराज बुढाथोकी, शारदा नगरपालिका –१ पटनेरीका १७ वर्षीय एक किशाेर र सुर्खेत गुर्भाकोट नगरपालिका –९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फरार ४ जनाकाे खोजी कार्य गरिरहेको प्रहरीले युवराजलाई साेहि दिन साझ शारदा नगरपालिका -२ स्थित जंगलमा लुकिछिपि बसेकाे अवस्थामा, सागर र १७ वर्षिय किशाेरलाई गत २८ गते कपुरकाेट बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार पक्राउ गरिएका सबैलाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरि जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

गएको यहि २५ गते शारदा नगरपालिका –२ खलंगा स्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका –२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि चार जनाकाे समूहले धारिलो हतियार प्रहार गरि उनीहरु फरार भएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार, ,  ४ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्