हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । तुलसीपुर नगर जेसिजको बर्ष २०२१ को अध्यक्षमा नारायण भट्टराईलाई सर्बसम्मत चयन गरिएको छ ।
शनिबार जेसिजको बार्षिक अधिबेशन तथा अन्तिम साधारणसभाले भट्टराईलाई अध्यक्ष चयन गरेको तुलसीपुर नगर जेसिजले जनाएको छ । आज चयन कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा कमल प्रकाश शर्मा र वसन्त भण्डारी चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा बुद्धि सापकोटा, छबी कुमार ओली, थुम्मन बिश्वकर्मा र शिब न्यौपाने,सचिबमा झग्गु सापकोटालाई चयन गरिएको निर्वाचन अधिकृत मेघराज घिमिरेले सल्यानन्युजलाई बताए ।

बर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल, सूर्य प्रकाश शर्मा, दिपेश भन्डारी लगायतले वर्ष २०२१ को नयाँ नेतृत्वलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्