हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिका-२, मा रहेको प्राथामिक स्वास्थ्य केन्द्र थारमारेमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि एक दिने स्वास्थ्य परिक्षण घुम्ती सिबिर सम्पन्न भएको छ ।

सल्यानको बागचौर नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रे को संयुक्त आयोजनामा १८ बर्षमुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य परिक्षण घुम्ती शिवीर बिहीबार थारमारेमा सम्पन्न भएको हो ।

प्राथामिक स्वास्थ्य केन्द्र थारमारेका अनुसार  ५ जना बालबालिका नयाँ पहिचान, ५३ जना अर्थाेपेडिक सहायक सामाग्री, ४ जनालाई वैशाखी प्रदान गरिएको स्वास्थ्य केन्द्रका सुपरभाइजर होमराज केसीले जानकारी दिनुभयो । एक दिने उक्त स्वास्थ सिविरमा ७ जनालाई स्पाइलिन्ट, २ जनालाई गुड्ने मेच, एक जनालाई वाकर, एक जनालाई अर्थाेपेडिक सहायक सामाग्री नाप जाँच, ४ जनालाई फिजियोथेरापि, ३२ जनालाई माइनर शल्यक्रिया, २ जनालाई रिफरल शल्यक्रिया तथा ४ जनालाई लागि भर्ना गरिएको छ ।

यस्तै ३२ जनालाई स्वास्थ परामर्श, ३५ जनालाई औषधि बितरण र ५७ जनालाई अभिमुखिकरण प्रदान गरिएको स्वास्थ केन्द्रका इन्चार्ज भुपेन्द्र कुमार वलीले जानकारी दिनुभयो ।  उक्त कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, प्राथामिक स्वास्थ्य केन्द्रका इन्चार्ज भुपेन्द्र कुमार वली, अपाङ्ग बाल अस्पतालका डाक्टर बिजय ज्याकब, अर्थाेडिक प्राबिधिक प्रलाध पराजुली लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार, ,  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्