हामी परिक्षण प्रसारणमा छौ



सल्यान । गएराती सल्यानको बनगाड कुपिण्डे नगरपालिका-४ देउलीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-४ देउलीबाट सोही वडाको डोप्के जाँदै गरेको जन्ती बोकेको भे १ ज १०२१ नम्बरको जिप गएराती दुर्घटना हुँदा बनगाड कुपिण्डे नगरपालिका-४ देउलीका ३२ वर्षीय मोतिलाल बुढा को ज्यान गएको पत्रकार इन्द्रबहादुर बुढाथोकीले जानकारी दिनु भयो। 

सोही दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका-४  का ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्र बहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकार दिनु भयो ।

 जिप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको र जिप चालक फरार रहेको उहाँको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार, ,  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्