हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बनगाड कुपिण्डे नगरपालिकाकाे ११ औ नगर अधिबेशसन शाेक प्रस्ताव पारित गदै स्थगित भएकाे छ।

एकीकृत समाजवादी बाट बनगाड कुपिण्डे नगारपालिका वडा नं ९ बाट निर्वाचित दलित महिला सदस्य सुनिता सार्कीकाे असमायिक निधन भएकाले बैठक स्थगित गरिएकाे नगर प्रमुख कर्ण बहादुर बुढाथाेकी (छहारी)ले बताउनु भयो ।

वडा सदस्य सार्कीकाे शुक्रबार बिहान मेहलकुना अस्पतालमा उपचारकाे क्रममा असमायिक निधन भएकाे हाे। शाेक प्रस्ताव पारित गरि स्थगन गरिएकाे नगरसभा शनिवार बिहान ७ बजे देखि सञ्चालन गरिने र नीति तथा कार्यक्रम ल्याउने बताइएकाे छ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार, ,  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्