हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्ष २०६९/०८० का लागि ६९ करोड ९१ लाख बराबरको अनुमानित बजेट प्रस्तु गरेको छ । शनिवार नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले ११ औं नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्तुत गर्नुभयो।

नगर प्रमुख बुढाथोकी का अनुसार कुल बजेट मध्ये चालुतर्फ ४४ करोड ४५ लाख  अर्थात ६३.६ प्रतिशत र पुँजीगततर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।  बजेटको खर्च व्यहोर्नुपर्ने स्रोतहरू मध्ये आन्तरिक राजस्व बाट १ करोड, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत १२ करोड ६४ लाख, विशेष अनुदान बाट ७० लाख, समपूरक अनुदान बापत १ करोड र सशर्त  अनुदानबाट २७ करोड १३ लाख तथा राजस्व बाँडफाँटबाट १२ करोड ६४ लाख अनुमान गरिएको छ ।  

यस्तै कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १ करोड ३० लाख, राजश्व बाँडफाँटबाट २९ लाख, समपूरक अनुदान १ करोड विशेष अनुदान ७० लाख र सशर्त अनुदान २ करोड ५७ लाख बेहोर्ने र चालु आर्थिक वर्षको खर्च हुन नसकेर बाँकी रहेको ९ करोड बचत रकम रहेको छ । 
नगर प्रमुख बुढाथोकी का अनुसार यसपटक बनगाड नगरपालिका ले सडक पूर्वाधारका क्षेत्रमा १ करोड ५० लाख, साना सिँचाई आयोजनाका लागि ५० लाख, कृषि क्षेत्रका लागि ७० लाख, सार्वजनिक सेवामा लागि वडा कार्यालय निर्माण ८० लाख बजेटको व्यवस्थापन गरिएको छ । यस्तै नगरपालिकाले चमेना गृह पनि स्थापना गर्न लागेको छ । त्यसका लागि २० लाख बजेटको व्यवस्थापन गरिएको छ ।

यसैगरी नगरपालिकाको विपद् व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन गरिएको छ।  पर्यटन प्रवर्द्धनका लागि १ करोड, वन तथा भू–संरक्षण र जलाधार संरक्षणका लागि १ करोड ६५ लाख, बनगाड खोला र सङ्ग्रही खोलाको तटबन्धका लागि ४० लाख, संस्थागत विकास सुशासन तथा सेवा प्रवाहमा १२ करोड ११ लाख बजेट विनियोजन गरिएको छ ।

केहिदिन अघि नगरसभा सदस्य तथा वडा नम्बर- ९ को दलित महिला सदस्यको निधन भएको प्रति शोक प्रस्ताव पारित गर्दै शुक्रबार को नगरसभा स्थगित भएकोले नीति तथा कार्यक्रम आज ल्याउनु परेको नगर प्रमुख कर्ण बहादुर बुढाथोकी ले बताउनु भयो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार, ,  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्